रामकुमार परियार

मंगलबार, बैशाख २३, २०८२ || 1626  पटक पढिएको

पथरीशनिश्चरे । पथरीशनिश्चरे नगरपालिकामा जारि दोस्रो नगर खेलकुद महोत्सव २०८२ अन्तर्गत वडा स्तरीय भलिबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।

आज सार्वजनिक खेल तालिका अनुसार पथरी रंगशालामा बैशाख २५ गते शुरु हुने प्रतियोगितामा वडा नं १ , २ , ५ , ७ , ९ र १० बिच प्रतिस्पर्धा हुनेछ । पोल ‘ए’ मा बैशाख २५ गते दिउँसो १२ बजे वडा नं १ र ५ भिड्नेछन् भने सोहि दिन दिउँसो २ बजे पोल ‘बि’ मा वडा नं २ र ७ भिड्नेछन् । यसैगरी वडा नं १ र ५ को विजेताले बैशाख २६ गते वडा नं १० संग प्रतिस्पर्धा गर्नेछ । उक्त खेल दिउँसो १२ बजे पोल ‘ए’ मा हुनेछ ।

यस्तै बैशाख २६ गते दिउँसो २ बजे पोल ‘बि’ मा वडा नं २ र ७ को विजेताले वडा नं ९ संग खेल्नेछ । यस प्रतियोगिताको फाईनल खेल बैशाख २७ गते दिउँसो २ बजे हुनेछ । प्रतियोगिताको विजेताले नगद रु ३१ हजार र उपविजेताले नगद रु २१ हजार पुरस्कार सहित ट्रफि , मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ ।

पथरीशनिश्चरे नगर खेलकुद विकास समितिको आयोजनामा भईरहेको महोत्सवले खेलकुदको माध्यमबाट युवा र समुदायबीच सहकार्य र सशक्तिकरणलाई प्रवर्द्धन गर्ने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!