रामकुमार परियार

शुक्रबार, बैशाख १९, २०८२ || 7243  पटक पढिएको

पथरीशनिश्चरे । शनिबारदेखि शुरु हुने दोस्रो पथरीशनिश्चरे नगर खेलकुद महोत्सव–२०८२ को सम्पुर्ण तयारी पुरा भएको छ ।

पथरीशनिश्चरे नगरपालिकाको आर्थिक वर्ष २०८१/०८२ को नगर विकास योजना बजेट तथा निति कार्यक्रममा व्यवस्था भए अनुसार नगर खेलकुद विकास समितिले आयोजना गर्ने नगर खेलकुद महोत्सव – २०८२ को सम्पुर्ण तयारी पुरा भएको आयोजकले जानकारी दिएको हो ।

शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजक पथरीशनिश्चरे नगर खेलकुद विकास समितिका अध्यक्ष दिपक राईले बैशाख २० गते शनिबार (भोलि) देखि शुरु हुने खेलकुद महोत्सवको तयारी पुरा भएको जानकारी दिएका हुन । अध्यक्ष राईका अनुसार उद्घाटन कार्यक्रम नगर प्रमुख मोहन प्रसाद तुम्बापोको प्रमुख आतिथ्यतामा शनिवार दिउँसो २ बजे जाँतेमोडस्थित खेल मैदानमा हुनेछ ।

बैशाख ३० गतेसम्म सम्म सञ्चालन हुने यस वर्षको खेलकुद महोत्सवमा विगतको तुलनामा थप खेल विधाहरू समावेश गरिएको आयोजक नगर खेलकुद विकास समितिका सदस्य सचिव नविन खुलालले जानकारी दिएका छ्न ।

खुलालका अनुसार यसपटक महिला तथा पुरुष फुटबल, पुरुष भलिवल, पुरुष क्रिकेट, बुद्धिचाल, कराँते, मिनि म्याराथुन, भारोत्तोलन र पौडी प्रतियोगिता सञ्चालन हुनेछन् । खेलकुद प्रतियोगिता जाँतेमोड , जिरीखिम्ति , किर्तिपुर लगायतका स्थानमा आयोजना हुने जनाइएको छ ।

पुरस्कारमा आकर्षक राशी र ट्रफी

करिब १४ लाख ५० हजार अनुमानित बजेट रहेको खेलकुद महोत्सवमा पुरुष फुटबल प्रतियोगिताको विजेताले नगद रु १ लाख , उपविजेताले रु ५० हजार , भलिबल प्रतियोगिताको विजेताले रु ३१ हजार , उपविजेताले रु २१ हजार , क्रिकेट प्रतियोगिताको विजेताले रु ३५ हजार , उपविजेताले रु २० हजार , महिला फुटबल प्रतियोगिताको विजेताले रु १५ हजार , उपविजेताले रु ७ हजार , कराँते प्रतियोगिताको पुरुष र महिला विजेताले ५/५ हजार पाउने आयोजकले जानकारी दिएको छ ।

यसैगरी म्याराथन प्रतियोगितामा प्रथम , द्वितीय , तृतीय र सान्त्वना हुनेहरुले क्रमशः रु ७ हजार , रु ५ हजार , रु ३ हजार र रु २ हजार पुरस्कार पाउनेछन् । यस्तै बुद्धिचाल प्रतियोगितामा प्रथम , द्वितीय , तृतीय , चौथो , पाँचौ र छैटौं हुनेहरूले क्रमश: रु १० हजार , रु ६ हजार , रु ४५ सय , रु ३५ सय , रु २५ सय पुरस्कार प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ । यस्तै पौडी प्रतियोगितामा प्रथम हुनेले रु ५ हजार , दोस्रो हुनेले रु ३ हजार र चौथो हुनेले रु २ हजार पुरस्कार प्राप्त गर्ने बताईएको छ । विभिन्न प्रतियोगिताका विजेताहरुले नगद सहित ट्रफि , मेडल र अन्य विधागत पुरस्कारहरु समेत प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ ।

नगरपालिकाले खेलकुदको माध्यमबाट युवा र समुदायबीच सहकार्य र सशक्तिकरणलाई प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्दै आएको जनाएको छ । उद्घाटन समारोहमा वडा अध्यक्षहरू, कार्यपालिका सदस्य, विभिन्न राजनीतिक दलका प्रतिनिधि र खेल क्षेत्रका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहने जानकारी दिईएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!