विराटनगर । सरकारले विश्व श्रमिक दिवसको अवसर पारेर श्रमसंसार एप सार्वजनिक गरेको छ । प्रधानमन्त्री केपि शर्मा ओलिले आज सामाजिक सञ्जालमार्फत एप सञ्चालनमा आएको जानकारी दिएका हुन ।
राईड शेयरिङ एपले सेवा लिने र दिनेलाई सोझै सम्पर्क गराई सेवा दिए झैँ रोजगारदाता र रोजगारी खोजकर्तालाई सोझै जोड्नेगरी एप सञ्चालन ल्याइएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन्।
यसले राइड सेयरिङ एपले जस्तै रोजगारदाता र रोजगारी खोजकर्तालाई प्रविधिमार्फत सोझै जोड्छ उनले बताएका छन्।
‘सार्वजनिक सवारी साधनको सेवा दिने र लिनेले जसरी अहिले राइड सेयरिङ एप सेवा प्रचलनमा ल्याएका छन्, त्यसैगरी अब सरकारले रोजगारदाता र रोजगारी खोजकर्तलाई प्रविधिमार्फत सोझै सम्पर्क गर्नेगरी shramsansar.com पोर्टलको आरम्भ गरेको छ,’ प्रधानमन्त्री ओलीले फेसबूकमार्फत जानकारी गराएका छन्।
रोजगार विनिमय कार्यक्रमलाई तुरुन्तै नागरिक एपमा जोडिने पनि उनले बताएका छन्। ‘एकातिर काम पाइएन भन्ने र अर्कोतिर कामदार पाइएन भन्ने दुबै समस्यालाई यसले समाधान गर्नेछ,’ उनले भनेका छन्।