रामकुमार परियार

बिहिबार, बैशाख १८, २०८२ || 393  पटक पढिएको

पथरीशनिश्चरे । पथरीशनिश्चरे नगरपालिका वडा नं. ५ हसन्दहस्थित हसन्दह स्वास्थ्य चौकीमा भोलि (बैशाख १९ गते शुक्रवार) क्षयरोग स्क्रीनिङ शिविर सञ्चालन गरिने भएको छ ।

६० वर्षभन्दा माथिका सबै नागरिक , दीर्घरोगीहरू (मधुमेह, उच्च रक्तचाप, दम, मिर्गौला रोग, क्यान्सर आदि) , क्षयरोगको औषधि सेवन गरिरहेका बिरामी र तिनका परिवारजन तथा १५ वर्षमाथिका सम्पर्कमा रहेका व्यक्तिहरूलाई लक्षित गरेर शिविर सञ्चालन गर्न लागिएको हसन्दह स्वास्थ चौकीले जनाएको छ ।

स्वास्थ्य चौकीले सबैलाई अनिवार्य उपस्थित भई स्वास्थ्य परीक्षण गराउन र वडालाई पूर्ण क्षयरोग मुक्त बनाउने अभियानमा सहयोग पुर्‍याउन अनुरोध समेत गरेको छ । शिविर सञ्चालनका लागि बुधबार पथरीशनिश्चरे नगरपालिकाको सभाहलमा स्वयंसेवक छनौट र शिविर सञ्चालन एवम् पूर्व तयारी बारे छलफल कार्यक्रमको आयोजना गरिएको थियो ।

उच्च जोखिममा रहेका समूह र स्वास्थ्य संस्थाको पहुँच बाहिर रहेकाहरु यस शिविरबाट लाभान्वित हुने बताईएको छ । जसले स्थानीय समुदायमा क्षयरोगको पहिचान र रोकथाममा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!