विराटनगर । मोरङको धनपालथान गाउँपालिकामा सहकारीमा चोरी गर्ने तीन जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । धनपालथान गाउँपालिका–२ कुशमाहमा रहेको युवा विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको ढोका फोडी नगद र ल्यापटप चोरी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा धनपालथान गाउँपलिका वडा १ नोचाका वर्ष २१ का पारस मण्डल, धनपालथान ७ कदमाहका वर्ष २४ का रोशन मण्डल र विशाल कुमार सिंह रहेको मोरङ प्रहरीले जनाएको छ । मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जन कुमार दाहालका अनुसार साउन ३२ गते रातिको समयमा सो सहकारीको राती ढोकामा लगाइएको ताला फुटाइ नगद ५० हजार, दुइ थान ल्यापटप चोरी गरेको थियो । उनले भने –‘ ‘सहकारीको सेफ फुटाइ नगद र ल्यापटप चोरी गरेको पाइएको छ,’। पक्राउ परेका तीन जनालाई इप्रका रंगेलीले आइतबार मोरङ अदालतमा पाँच दिनको म्याद थप गरी अनुसन्धान सुरू गरेको छ ।