हिपमत डटकम

बुधबार, साउन ३१, २०८० || 4025  पटक पढिएको

काठमाडौं, कीर्तिपुर नगरपालिका-३ देवढोकास्थित सार्वजनिक स्थल(पाटि)मा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ६९ वर्षीय रामशरण महर्जन समेत ५ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी वृत्तकीर्तिपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३० हजार ६ सय ५ रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।

कास्की, पोखरा महानगरपालिका-९ पृथ्वीचोकस्थित स्याङ्जा होटलमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४७ वर्षीय देवी प्रसाद सिलवाल समेत ५ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा खटिएको प्रहरीले
उनीहरूलाई नगद ६३ हजार ५ सय रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो । दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!