हिपमत डटकम

सोमबार, साउन २९, २०८० || 2980  पटक पढिएको

मोरङ, २९ साउन । सुन्दरहरैचा नगरपालिका-५ बलियाबाट अवैध लागूऔषध गाँजा करिब १ केजीसहित सहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ डेरा गरी बस्ने पथरी शनिश्चरे नगरपालिका-४ घर भएका ३३ वर्षीय आशिष राई र धनकुटा
सागुरगढी गाउँपालिका-३ बस्ने २६ वर्षीय गजेन लिम्बु रहेका छन् ।

विशेष सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट बलियाबाट खटिएको प्रहरीले आशिष राईको कोठामा तलासी गर्दा खाट मुनि लुकाई छिपाई राखेको अवस्थामा उक्त गाँजा फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!