हिपमत डटकम

आइतबार, साउन २८, २०८० || 8831  पटक पढिएको

काठमाडौं, अवैध लागूऔषध खैरो हेरोइन ३७ ग्राम ५ सय मिलिग्राम, डिजिटल तराजु १ थान र नगद ५ हजार ५ सय रूपैयाँसहित ३ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ईलाम, ईलाम नगरपालिका-९ ठेगाना भएका २५ वर्षीय बिकास बसेल, सोही ठाउँ ठेगाना भएका ३१ वर्षीय ज्ञान बहादुर राई र झापा बिर्तामोड नगरपालिका-१० ठेगाना भएका ३१ वर्षीय कुमार लिम्बु रहेका छन् । उनीहरुमध्ये बसेल र लिम्बुलाई काठमाडौं तिलगंगास्थित बिशाल होटल हण्ड लजको १०२ नम्बर कोठाबाट र राईलाई सिनामंगलस्थित मिठो नेपाल खाना घरबाट लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट अवैध लागूऔषध गाँजा करिब १७ केजी ५ सय ग्रामसहित २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारत वैशानी विहार किरापुर राजा राम बस्ने २५ वर्षीय रितेश कुमार र २३ वर्षीय नितेश कुमार रहेका छन् । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले चितवनबाट वीरगंजतर्फ जाँदै गरेको बीआर ०१ बीए २०६९ नम्बरको भारतीय कारलाई जाँच गर्ने क्रममा कारको डिक्कीमा लुकाई छिपाई राखेको अवस्थामा गाँजा फेला पारी कारमा सवार उनीहरुलाई पक्राउ गरेको हो । उनीहरु उपर लागूऔषध मुद्दामा प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!