हिपमत डटकम

शुक्रबार, साउन २६, २०८० || 3844  पटक पढिएको

काठमाडौं । सामाजिक संजालबाट ठगी गरेको अभियोगमा सुनसरी इटहरी उपमहानगरपालिका- ९ बस्ने ५५ वर्षीया कमला देवी श्रेष्ठलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । सामाजिक संजाल टिकटक र वाट्स एपमार्फत कुराकानी गर्ने क्रममा आफूलाई यूकेको नागरिक भन्दै पीडितलाई विभिन्न गिफ्टहरु पठाएको भनी प्रलोभनमा पारी कस्टम चार्ज बाफतको रकम पठाउन पर्छ भन्दै ९२ हजार रूपैयाँ पठाउन लगाई ठगी गर्ने कार्यमा संलग्न उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान एवं कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!