हिपमत डटकम

आइतबार, साउन १४, २०८० || 5857  पटक पढिएको

काठमाडौं, १४ साउन । रूपन्देही, बुटवल उपमहानगरपालिका-२ मैनाबर डेरा गरी बस्ने कंचन गाउँपालिका-४ रुद्रपुर घर भएकी ४० वर्षीया सूर्य कुमारी बिकलाई नियन्त्रित लागूऔषध डाईजेपाम, फेनारगन, उफिन ९/९ एम्पुल्स, सिरिन्ज ३३ वटा र नगद ९० हजार २ सय ३० रूपैयाँ सहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । उनले अवैध लागूऔषधको कारोबार गर्दै छन् गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी बिट जितगढिकिल्लाबाट खटिएको प्रहरीले उक्त
लागूऔषधसहित उनलाई पक्राउ गरेको हो ।

बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ३ ग्राम ५ सय मिलिग्राम र २२ हजार रुपैयाँसहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रुपन्देही बुटवल उपमहानगरपालिका-१३ मैनाबगर बस्ने ३५ वर्षीय अबयुद्ध सुनुवार र सोही उपमहानगरपालिका-३ पुलचोक बस्ने २७ वर्षीय अजय श्रेष्ठ रहेका छन् ।

ईलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई जाँच गर्ने क्रममा उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो । दुवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!