हिपमत डटकम

मंगलबार, साउन ०९, २०८० || 7327  पटक पढिएको

भक्तपुर, सूर्यविनायक नगरपालिका-२ बालकोटबाट नियन्त्रित लागूऔषध नाइट्राभेट १ सय ४९ ट्याब्लेट, डाइजेपाम ३ सय ९५ पीस, नुरफिन ६३ पीस र मोबाइल २ थानसहित सिन्धुपाल्चोक लिसङ्खुपाखर गाँउपालिका-५ घर भई हाल काठमाडौं बौद्ध बस्ने ३३ रविन्द्र तामाङलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग बालकोटबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा साथमा राखेको उक्त लागूऔषधसहित उनलाई पक्राउ गरेको हो ।

सुर्खेत, भेरीगंगा नगरपालिका-१० तोलीखोलाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ३० मिलिग्रामसहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा दैलेख नारायण नगरपालिका-१ नयाँबजार बस्ने २१ वर्षीय सागर केसी र सोही ठाउँ बस्ने २२ वर्षीय सन्दिप गुरूङ रहेका छन् । ईलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरीले नेपालगंजबाट सुर्खेततर्फ आउँदै गरेको भे.८ प ६७६१ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा झोलामा लुकाई ल्याएको उक्त पदार्थसहित उनीहरुलाई पक्राउ गरेको हो । दुवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!