हिपमत डटकम

शनिबार, साउन ०६, २०८० || 4458  पटक पढिएको

धनुषा, ६ साउन । आफ्नै भिनाजु नाता पर्ने भारत सोनपुर चन्दौली बस्ने ३८ वर्षीय शिवमुरत सिंहलाई चिर्पट प्रहार गरी हत्या गरेको अभियोगमा लक्ष्मिनिया गाउँपालिका-७ लक्ष्मिनिया बजारमा काम गरी बस्ने भारत बनारस घर भएका २५ वर्षीय सुरज सिंहलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

घरायसी विवादको क्रममा सुरजले दाउराको चिर्पटले प्रहार गरी कुटपिट समेत गर्दा शिवमुरत गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी लक्ष्मिनियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरको हो । गम्भीर घाइते शिवमुरतको रामा अस्पताल जनकपुर हुँदै थप उपचारको लागि भारतको सितामाढीतर्फ लैजाने क्रममा गएराति मृत्यु हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!