हिपमत डटकम

मंगलबार, साउन ०२, २०८० || 5953  पटक पढिएको

काठमाडौं, २ साउन । १६ वर्षीया किशोरीलाई प्रयोग गरी लागूऔषध कारोबार गरेको अभियोगमा पर्सा धोबीनी गाउँपालिका-५ बस्ने २७ वर्षीय फैज उल्लाह साहलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका-९ त्रिभुवन बिमानस्थल कार्गो कम्प्लेक्सबाट अमेरिकाको क्यालिफोर्नियाबाट आयात गरिएको अवैध लागूऔषध गाँजा २ किलोग्राम लिन गएकी १६ वर्षीया किशोरीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गर्ने क्रममा ती किशोरीलाई साहले परिचालन गरी लागूऔषधको कारोबार गरेको खुल्न आएपछि साहलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका साह उपर जिल्ला अदालत काठमाडौंबाट म्याद लिई लागूऔषध नियन्त्रण ब्यूरोबाट थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!