हिपमत डटकम

बुधबार, आषाढ २०, २०८० || 4476  पटक पढिएको

बिराटनगर, असार २० गते । झापा र मोरङको छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर र प्रतिबन्धित औषधी सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो झापा स्थित प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरी टोलीले कनकाई नगरपालिका-३ का २४ बर्षीय मनिष वाग्लेलाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उनको साथबाट २ ग्राम ब्राउन सुगर फेला पारी पक्राउ गरेको हो ।

यसै गरी इलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरी टोलीले लेटाङ नगरपालिका-८ का २५ बर्षीय सुवास कार्की, २५ बर्षीय लोकेश राई लेटाङ ९ का २० बर्षीय दिबाहाङ राई, २० बर्षीय पवन बाग्दान र २६ बर्षीय अबिषेक दर्जी समेतलाई स्पासपेन २ सय चक्की, ट्रामाडोल ६ सय ४५ चक्की र ५ सय ग्राम गाजा सहित पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!