हिपमत डटकम

शनिबार, आषाढ १६, २०८० || 4612  पटक पढिएको

काठमाडौं, १६ असार। मोरङ, १४ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सुन्दरहरैचा नगरपालिका-३ लोचनी बस्ने २१ वर्षीय सुजन चौधरीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । चौधरीले ती बालिकालाई ललाई फकाई उनकै घरमा लगि जबरजस्ती करणी  गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी गछियाबाट खटिएको प्रहरीले उनलाई पक्राउगरेको हो ।

दाङ, २९ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बबई गाउँपालिका-४ घर भई हाल बंगलाचुली गाउँपालिका-५ मुर्कुटी बजार डेरा गरी बस्ने ३९ वर्षीय ठकेन्द्र सुनारलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । सुनारले ती महिलालाई
जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय कमिरेचौरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । दुवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!