
काठमाडौं महानगरपालिका-१५ चमती जनसेवा मार्गस्थित डेरा गरी बस्ने ओखलढुंगा खिजिफलाटे गाउँपालिका-४ घर भएकी २४ वर्षीया शुशिला खड्का टन्डनको कोठाबाट विभिन्न सुन तथा चाँदीका गहना गरी करिब २ लाख १० हजार रूपैयाँ बराबरको
धनमाल बिहीबार दिउँसो चोरी भएको छ ।

रोल्पा, थवाङ गाउँपालिका-२ तिप्ला बस्ने ५० वर्षीय सिर कुमार पुनको घरबाट विभिन्न सुनका गहना तथा नगद ७१ हजार रूपैयाँ गरी करिब २ लाख १२ जार ५ सय रूपैयाँ बराबरको धनमाल बिहीबार साँझ चोरी भएको छ । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।