हिपमत डटकम

शुक्रबार, आषाढ ०८, २०८० || 3988  पटक पढिएको

सुनसरी, असार ८ गते । सुनसरीको इटहरी उपमहानगरपालिका-२० तरहरा स्थितबाट दुर्लभ यार्सागुम्बा सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो बेलुका साढे ३ बजे प्रहरी चौकी तरहराबाट चेकिङमा खटिएको प्रहरी टोलीले धरानबाट इटहरी तर्फ आउदै गरेको को.२ह १०७ नम्बरको अटोटेम्पो रोकी चेकजाँच गर्ने क्रममा कार्टुनमा प्याक गरेको अवस्थामा अवैधरुपमा ८ किलो २५० ग्राम यार्सागुम्वा बरामद गरेको हो ।

यार्सागुम्बा बरामद भए संगै ओसार पसारमा संलग्न रहेकि धरान उपमहानगरपालिका-३ कि ४२ बर्षीया छजुङ्ग भोटे र अटोटेम्पो चालक धरान-१९ का ४३ बर्षीय पुष्पराज राई समेतलाई पक्राउ गरी आवश्यक कारवाहीको लागि सवडिभिजन वन कार्यालय तरहरा, सुनसरीमा बुझाएको छ भने इलाका प्रहरी कार्यालय इटहरीबाट अन्य थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!