हिपमत डटकम

बिहिबार, आषाढ ०७, २०८० || 1531  पटक पढिएको

जुम्ला, ७ असार। तिला गाउँपालिका-२ घर भई हाल चन्दननाथ नगरपालिका-४ भारतीवाडा डेरा गरी बस्ने २६ वर्षीय प्रकाश बोहरा र कनकासुन्दरी गाउँपालिका-२ बस्ने २३ वर्षीय खुम बहादुर रावतलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४० मिलिग्रामसहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरीले प्रकाश बोहराको कोठा तलासी गर्दा उक्त पदार्थसहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उनीहरूले उक्त लागूऔषध चन्दननाथ नगरपालिका-५ बस्ने २२ वर्षीय मनोज सुनारबाट किनि ल्याएको खुल्न आएपछि मनोज सुनारलाई समेत प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!