हिपमत डटकम

बिहिबार, आषाढ ०७, २०८० || 1314  पटक पढिएको

बिराटनगर, असार ७ गते । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर PIT समुहबाट खटिएको प्रहरी टोलीले वन पैदावर हानि नोक्सानी मुद्दाका एक जना फरार प्रतिबादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला सुनसरी धरान उप-महानगरपालिका वडा नं ५ निसाने बस्ने ३२ बर्षीय प्रदिप खत्री रहेका छन् ।

उनको वन पैदावर हानि नोक्सानी मुद्दामा सम्मानित सुनसरी जिल्ला अदालतको मिति २०७८/०५/१६ गतेको सजाय निर्धारण फैसला आदेशले २ महिना १० दिन कैद भई लगत नं. ११५८ मा कैद बेरुजु रहि असुल गर्न बाँकी रहेको थियो । उनलाई प्रहरी टोलीले आज गाँउघरमा नै लुकिछिपी बसेको अबस्थामा फेला पारी पक्राउ गरि सम्मानित सुनसरी जिल्ला अदालतमा दाखिला गराएकोमा सम्मानित अदालतले कैद भुक्तानको लागी झुम्का कारागार पठाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!