हिपमत डटकम

आइतबार, आषाढ ०३, २०८० || 8420  पटक पढिएको

काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिका-१ गागलफेदी बस्ने कृष्ण खड्काको घरमा जुवातास खेलिरहेको अवस्थामा खड्का समेत ७ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी प्रभाग साँखुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९५ हजार ३ सय ३५ रूपैयाँ र ३ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी काठमाडौं, टोखा नगरपालिका-३ धनेश्वर डेरा गरी बस्ने गोरखा बारपाक सुलिकोट गाउँपालिका-२ घर भएकी २० वर्षीया सबिता घलेको कोठामा जुवातास खेलिरहेको अवस्थामा घले समेत ५ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ९० हजार रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!