हिपमत डटकम

आइतबार, आषाढ ०३, २०८० || 8458  पटक पढिएको

मोरङ, बेलबारी नगरपालिका-१ सिसौलीबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब १ केजी ४ सय ८२ ग्रामसहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २६ वर्षीया गंगामाया राई र धनकुटा छिन्ताङ्ग सहिदभूमी गाउँपालिका-७ घर भएका २० वर्षीय केवल राई रहेका छन् । गंगामाया राईको घरमा अवैध रुपमा लागूऔषध कारोबार भइरहेको भन्‍ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले गंगामायाको कोठा तलासी गर्ने क्रममा उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

सप्तरी, हनुमाननगर कंकालिनी नगरपालिका-१ भारदह चोकबाट अवैध लागूऔषध ब्राउन सुगरजस्तो देखिने पदार्थ करिब ४ ग्राम १९ मिलीग्रामसहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत घर भएका २९ वर्षीय सन्तोष कुमार साह र सिरहा, सिरहा नगरपालिका-१७ ईनरवा टोल वस्ने १९ वर्षीय सुरज कुमार पासवान रहेका छन् । ईलाका प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले भारतीय बीआर ३२ आर ७७०३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!