हिपमत डटकम

शुक्रबार, आषाढ ०१, २०८० || 3612  पटक पढिएको

विराटनगर । ब्राउन सुगर (खैरो हेरोइन) सहित दुई जनालाई मोरङको कानेपोखरी गाउ“पालिका वाट मोरङ प्रहरीले पक्राउ गरेका छन् । कानेपोखरी गाउ“पालिका–७ बाट लागूऔषध ब्राउन सुगर सहित स्थानीय ४२ वर्षीय चन्द्र कार्की र ४५ वर्षीय शुक्र लिम्बूलाई प्रहरीले पक्राउ गरिएको हो ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले को २९ प २८७५ नम्बरको मोटरसाइकलमा सवार रहेका उनीहरूलाई बीहिवार सा“झ पक्राउ गरिएको बताए । डीएसपी दाहालका अनुसार शंका लागेपछि प्रहरीले मोटरसाइकल रोकेर चेकजा“च गर्दा साथबाट ७ ग्राम ३ सय मिलिग्राम ब्राउन सुगर फेला परेको थियो।

त्यस लत्तगै दुवै जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो। पक्राउ परेकाविरुद्ध लागूऔषध ऐन अन्तर्गतको मुद्दा चलाउन अदालतबाट शुक्रबार म्याद थप गरेर अनुसन्धानको बा“की प्रक्रिया अघि बढाइएको उनले बताए।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!