आइतबार, चैत्र ०२, २०७६ || 1886  पटक पढिएको

७ वर्षअघि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि थप्पड प्रहार गर्ने पदम कुँवर पक्राउ परेका छन् । कुँवर संघीय संसद भवन भित्रबाट पक्राउ परेका हुन् ।

नयाँ बानेश्वरमा रहेको संसद भवनभित्र रहेको शौचालयमा अनुमतिबिना प्रवेश गरेको भन्दै कुँवरलाई सोधपुछको लागि पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त तीनकुनेका डीएसपी दुर्गाराज रेग्मीले पुष्टि गरे ।

डीएसपी रेग्मीका अनुसार संसद भवनको गेटभित्र रहेको शौचालय छिरेका कुँवरलाई शनिबार राति पक्राउ गरेर हिरासतमा राखिएको हो । ‘कसैलाई भित्र पसेछन् । त्यसपछि नियन्त्रणमा लिइएको हो । अहिले छाड्ने तयारी भइरहेको छ,’ डीएसपी रेग्मीले भने ।

नेताहरुले देश बिगारेको भन्दै शौचालय जाने बहानामा संसद भवन पसेको कुँवरले प्रहरी समक्ष बताएको स्रोतले जानकारी दियो । बाग्लुङका कुँवरले २०६९ मंसिरमा प्रचण्डलाई थप्पड हानेका थिए ।

तत्कालीन माओवादीले आयोजना गरेको चियापान कार्यक्रममा कुँवरले प्रचण्डलाई थप्पड हानेपछि उनलाई नियन्त्रणमा लिइएको थियो । त्यसपछि चर्चामा आएका कुँवर पछि धरौटीमा छुटेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!