हिपमत डटकम

आइतबार, माघ ०८, २०७९ || 751  पटक पढिएको

काठमाडौँ । शुक्रबार साँझ गृहमन्त्रालयबाट एक विज्ञप्ति सार्वजनिक भयो । विज्ञप्तिमा गृहमन्त्री लामिछानेले पटकपटक मौखिक निर्देशन दिँदा समेत प्रहरीले लक्ष्मी महतो कोइरीलाई पक्राउ नगरेको भन्ने उल्लेख छ ।

गृह मन्त्रालयले यस्तो व्यहोराको विज्ञप्ति सार्वजनिक गरेपछि गृहमन्त्रीकाे आलोचना झनै चुलिएको छ। आलोचकहरूले उनको दक्षता र कार्यक्षमतामाथि नै प्रश्नचिह्न उठाइरहेका छन् । गृह मन्त्रालय मातहतको सुरक्षा निकायले गृहमन्त्रीको पटकपटकको मौखिक निर्देशन कार्यान्वयन नगरेको’ भन्ने व्यहोराको विज्ञप्ति आउनै नहुने पूर्वगृहसचिव गोविन्द कुसुमको धारणा छ ।

‘ल एन्ड अर्डरको मान्यताअनुसार गृह मन्त्रालय वा गृहमन्त्रीको लिखित र मौखिक वा जस्तोसुकै माध्यमबाट भएको निर्देशन प्रहरीले मान्नुपर्छ । मानिएन भने कारबाही गर्ने अधिकार गृहमन्त्रीलाई हुन्छ,’ पूर्वगृहसचिव कुसुम भन्छन्, ‘यस्तो विकल्प हुँदाहुँदै गृहमन्त्रीले दिएको निर्देशन प्रहरीले मानेन भन्नु अपरिपक्वता नै ठहरिन्छ ।’ गृह मन्त्रालयले सुरक्षा, अपराध निवारण र फरार अभियुक्त पक्राउ सन्दर्भमा प्रहरीलाई निर्देशन दिँदा सार्वजनिक विज्ञप्तिमार्फत गर्न नहुने पनि उनी बताउँछन् । आजको नागरिक दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!