हिपमत डटकम

बिहिबार, माघ ०५, २०७९ || 351  पटक पढिएको

प्रतिनिधिसभामा सबैभन्दा ठुलो दल नेपाली कांग्रेसले तेस्रो दल माओवादी केन्द्रलाई फकाउने र दोस्रो दल एमालेलाई चिढ्याउने रणनीति अख्तियार गरेको छ। एमालेको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री भएपछि कांग्रेस संघ र प्रदेशका महत्वपूर्ण राजकीय पदबाट वञ्चित बनेको छ।

पुस २६ गते प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएर कांग्रेसले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनअघिको सत्ता गठबन्धनलाई निरन्तरता दिने प्रयास सुरु गरेको छ। कांग्रेस महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासहितका नेताको फरक मतका बीच दाहाललाई विश्वासको मत दिएर राष्ट्रपति निर्वाचनमा कांग्रेसले माओवादी समर्थन खोजेको छ।

माओवादी केन्द्रबाट राष्ट्रपति निर्वाचनमा साथ पाउने आश्वासन पाएको कांग्रेसले वाग्मतीसहितका केही प्रदेशका मुख्यमन्त्री (माओवादीका) लाई पनि विश्वासको मत दिएको छ। मधेस प्रदेशमा पनि कांग्रेस नेतृत्वको पुरानो गठबन्धनका सबै पार्टीले मुख्यमन्त्रीलाई विश्वासको मत दिएका छन्।

माओवादी केन्द्रलाई आफूनिकट राख्ने प्रयासमा सक्रिय कांग्रेसले प्रतिनिधिसभाको सभामुख पदका लागि बुधबार उम्मेदवारी दिएको छ। नेकपा एकीकृत समाजवादी (नेकपा एस) सहित प्रतिनिधिसभामा विपक्षी बेन्चमा बसेका दलको समर्थनमा कांग्रेसले सांसद ईश्वरी न्यौपानेलाई सभामुखको उम्मेदवार बनाएको छ।

झापा–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित एमाले सांसद देवराज घिमिरेले माओवादी केन्द्रसहित सत्ता गठबन्धनमा रहेका दलको समर्थनमा सभामुखमा उम्मेदवारी दिएका छन्।

सत्ता गठबन्धन स्पष्ट बहुमतमा रहे पनि कांग्रेसले एमालेविरुद्ध सभामुखमा उम्मेदवारी दिएको हो। सभामुख चयनका लागि बिहीबार निर्वाचन हुने कार्यक्रम छ। यो समाचार नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!