हिपमत डटकम

मंगलबार, माघ ०३, २०७९ || 623  पटक पढिएको

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको १५ दिनमै त्यही विमानस्थलमा अवतरण गर्ने क्रममा आइतबार आन्तरिक हवाई उडानको सबैभन्दा ठुलो दुर्घटना भयो । ठुलो मानवीय क्षति हुने गरी भएको यो दुर्घटनाले अहिले मुलुक नै शोकमा छ ।

यती एयरलाइन्सको ९ एन एएनसी कल साइनको एटिआर ७२( ५०० सिरिजको विमान दुर्घटनामा मुलुकले ५७ जना नागरिक गुमायो भने १५ जना विदेशीको ज्यान गयो । दुर्घटनाले दुई साताअघि (सन् २०२३ जनवरी १) मात्र सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलप्रति पनि प्रश्नचिह्न उठ्ने खतरा बढेको सरोकारवालाको चिन्ता छ ।

विमानस्थलका भौतिक पूर्वाधार बेलैमा निर्माण सम्पन्न भए पनि सञ्चालनका बेला गरिएको हतारोले नागरिकप्रति गुनासो थियो । वर्षौंअघि गर्नुपर्ने काम पनि पूरा नगरी अन्तिममा हतारहतार गरिनुले सरकारी निकायप्रति नागरिकले प्रश्न उब्जाएका थिए ।

अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन अन्तर्राष्ट्रिय उडानबिना नै भएको भनेर सामाजिक सञ्जालमा सबैभन्दा बढी गुनासो पोखिएको थियो । यो समाचार नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!