हिपमत डटकम

मंगलबार, पौष ०५, २०७९ || 1088  पटक पढिएको

 संसदीय दलको नेताको निर्वाचनमा साझा उम्मेदवार तय गर्न बसेको नेपाली कांग्रेसका महामन्त्री गगन थापा र नेता शेखर कोइराला पक्षबीचको बैठक बिना निष्कर्ष सकिएको छ ।

मङ्गलबार बिहान काठमाडौंको लैनचौरस्थित एक होटलमा बसेको बैठक बिना निष्कर्ष सकिएको हो ।

महामन्त्री थापा र कोइरालाबीच पुनः छलफल हुने बैठकमा सहभागी कांग्रेस नेता अर्जुननसिंह केसीले जानकारी दिनुभयो ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै नेता केसीले लगभग सहमति जुटेको र अबको एक घण्टापछि निष्कर्षमा पुग्ने बताउनुभयो ।

संसदीय दलको विधानबमोजिम दलको नेता चुनिन ५१ प्रतिशत मत ल्याउनैपर्ने व्यवस्था छ । हाल कांग्रेसबाट निर्वाचित प्रत्यक्षमा ५७ र समानुपातिकमा ३२ गरी ८९ सांसद छन् ।

कांग्रेसका ८९ जना सांसद नै संसदीय दलको नेताको चुनावमा मतदाता हुन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!