हिपमत डटकम

शनिबार, मंसिर २४, २०७९ || 4718  पटक पढिएको

 नेकपा (एकीकृत समाजवादी) पार्टीले प्रदेश सभातर्फ समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त गरेको मतको आधारमा निर्वाचन आयोगले तोकेर पठाएको क्लस्टर र प्राथमिकता अनुसार नाम पठाउने निर्णय गरेको छ।

शनिबार बसेको पार्टी स्थायी कमिटी बैठकले क्लस्टर अनुसारको सूची पठाउने निर्णय गरेको पार्टी महासचिव डा. बेदुराम भुसालले जानकारी दिनुभयो।महासचिव भुसालका अनुसार प्रदेश १ मा विद्या चाम्लिङ राई, मधेश प्रदेशमा रत्नेश्वर गोइत यादव, किशोरी देवी, लक्ष्मी देवी, बागमती प्रदेशमा मायादेवी शर्मा र ओमकुमारी श्रेष्ठको नाम पठाइएको छ।

त्यसैगरी लुम्बिनी प्रदेशबाट भगवती अधिकारी, कर्णाली प्रदेशबाट कल्याणी खड्का र सुदूरपश्चिम प्रदेशबाट माया पन्तको नाम पठाएको हो। प्रतिनिधिसभातर्फ तीन प्रतिशत थ्रेस होल्ड काटाउन नसकेको समाजवादी पार्टीले प्रदेश सभामा भने समानुपातिकतर्फ केही सिट पाएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!