हिपमत डटकम

बुधबार, मंसिर १४, २०७९ || 8436  पटक पढिएको

शिशु जन्मिनासाथ खोप लगाउनुपर्छ । एउटा निश्चित उमेरभित्र विभिन्न खोप लगाइसक्नुपर्छ । यसले उनीहरुलाई सम्भावित रोगको जोखिमबाट बचाउँछ ।

राष्ट्रिय खोप कार्यक्रम अन्र्तगत अहिले नेपालमा १५ महिनामुनिका बालबालिकालाई निःशुल्क खोप लगाइने गरिएको छ । खासगरी क्षयरोग, भ्यागुतेरोग, लहरेखोकी, धनुष्टंकार, हेपटाइटिस बी, हेमोफिलस इन्फ्लुएन्जा बी, पोलियो, दादुरा, रुबेला, न्युमोकोकस र जापानिज इन्सेफलाइटिस विरुद्धको खोप लगाइन्छ ।

 

जन्मिनेबित्तिकै बीसीजी

जन्मिनेबित्तिकै शिशुलाई बीसीजी खोप लगाउनुपर्छ । अस्पतालमा जन्मिएका बालबालिकालाई यो खोप त्यहीं लगाइन्छ । साथै यो प्रत्येक स्वास्थ्य केन्द्र र खोप केन्द्रमा पनि उपलब्ध हुन्छ । यसको लागि शुल्क लाग्दैन, सरकारले निःशुल्क वितरण गर्छ ।

बीसीजी खोपले शिशुलाई क्षयरोगबाट बचाउने काम गर्छ ।

१५ महिनासम्म कुन-कुन खोप दिने

त्यसपछि शिशुलाई ४-४ हप्ताको फरकमा डीपीटी र हेपाटाइटिस बीविरुद्धको खोप दिनुपर्छ । यो खोप ६, १० र १४ हप्ताको उमेरमा लगाइन्छ । यो तीन पटक लगाउनुपर्छ । यसले भ्यागुते रोग, लहरे खोकी, धनुष्टंकार, हेपाटाइटिस बी, हेमाफिलस बीबाट हुने मेनिन्जाइटिस र निमोनियाबाट जोगाउँछ ।

त्यससँगै पोलियोको खोप ६, १० र १४ हप्ताको उमेरमा लगाइन्छ । यो तीन पटक दिइन्छ । यसले पोलियोमाइलाइटिसबाट जोगाउँछ । शिशु ६ हप्ता र १४ हप्ता भएपछि एफआईपीभी पनि दिइन्छ । दुई पटक दिनुपर्ने यो खोपले रोटा भाइरसद्वारा हुने पखालाविरुद्ध काम गर्छ ।

६ हप्ता, १० हप्ता र ९ महिनामा पीसीभी खोप लगाइन्छ । यो तीन पटक दिइन्छ, यसले न्युमोकोकसबाट हुने मेनिजाइटिस र निमोनियाबाट बचाउँछ ।

९ महिना र १५ महिनाको उमेरमा दादुरा-रुबेला विरुद्धको दिइन्छ । यसले दादुरा, रुबेलाबाट जोगाउँछ । १२ महिनाको उमेरमा जेई खोप दिइन्छ । यसले जापनिज इन्सेफलाइटिसबाट बचाउँछ ।

शिशु मात्र होइन, गर्भवती महिलालाई पनि टीडी दिइन्छ । यसले शिशुलाई धनुष्टंकार र भ्यागुते रोगबाट बचाउँछ ।

बढीमा दुई वर्षभित्र लगाइसक्नुपर्छ खोप

राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत शिशु जन्मिएदेखि १५ महिनामुनिका बालबालिकाले यी सम्पूर्ण खोप लगाउनुपर्छ । तर कुनै कारणबस खोप छुटेको अवस्थामा शिशुहरू खोपबाट वञ्चित नहुन् भन्नका लागि बढीमा दुई वर्षभित्रमा सम्पूर्ण खोप लगाइसक्नुपर्छ ।

स्वास्थ्य केन्द्रमा निःशुल्क खोप

यस्तो खोप सम्पूर्ण स्वास्थ्य केन्द्र र खोप केन्द्रमा लगाइन्छ । बच्चा जन्मिएदेखि १५ महिनासम्म लगाइने सम्पूर्ण खोप सरकारले निःशुल्क वितरण गर्छ । यस्तो खोप लगाउँदा बच्चालाई सामान्य ज्वरो आउने, खोप लगाएको ठाउँमा सुन्निने र रातो हुने समस्या हुन सक्छ । गम्भीर समस्या भने खासै हुँदैन ।

यदि खोप लगाइएन भने के हुन्छ ?

यदि खोप लगाइएन भने शिशुलाई भ्यागुतेरोग, लहरेखोकी, धनुष्टंकार, हेपाटाइटिस बी, हेमाफिलस बीबाट हुने मेनिन्जाइटिस र निमोनियाजस्ता समस्या देखा पर्न सक्छ ।

खोप नलगाउँदा पोलियोमाइलाइटिस, रोटा भाइरसद्वारा हुने पखाला, मेनिजाइटिस र निमोनिया, दादुरा, रुबेला, जापनिज इन्सेफलाइटिस, धनुष्टंकार र भ्यागुतेरोग लाग्ने सम्भावना पनि हुन्छ ।

यीमध्ये कुनै एउटा वा दुईवटा खोप लगाउन छुटाइयो भने जुन रोगविरुद्धको खोप लगाउन छुट्यो त्यो रोग लाग्ने सम्भावना हुन्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!