हिपमत डटकम

बुधबार, मंसिर ०७, २०७९ || 1304  पटक पढिएको

जाजरकोट । जाजरकोटको प्रदेश सभा अन्तर्गत भएका निर्वाचनमा दुवै क्षेत्रमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । प्रदेश सभा क मा सत्ता गठबन्धनका तर्फबाट साझा उम्मेदवार नेपाली काँग्रेसका जिल्ला सभापतिसमेत रहनुभएका वेदराज सिंहले १८ हजार ५४३ मत ल्याएर विजयी हुनुभएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका डम्बरबहादुर सिंहले ११ हजार ४७० मत प्राप्त गर्नुभएको छ । त्यस्तै, स्वतन्त्र उम्मेदवार कमानबहादुर खड्काले चार ४४६ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै प्रदेश ख मा नेपाली काँग्रेसका केन्द्रीय सदस्यसमेत रहेका राजीवविक्रम शाहले १६ हजार ४० मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका जिल्ला अध्यक्ष खीमबहादुर शाहीले १० हजार ५ सय ३० मत प्राप्त गर्नुभएको छ ।

विजयी दुवै उम्मेदवार २०७४ सालको निर्वाचनमा पराजय हुनुभएको थियो । विजयी राजीवविक्रम शाह जाजरकोटको प्रतिनिधि सभामा पराजय हुनुभएको थियो भने वेदराज सिंहले सोही प्रदेशमा नै हार व्यहोर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!