वीरगन्ज । नेपाली कांग्रेसबाट निर्वाचित पर्साको पकाहामैनपुर गाउँपालिका अध्यक्ष सुरेश मेहता जनताको समस्या भन्दा बढी प्राथमिकता प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यका निर्वाचनलाई दिएका छन् ।
अहिले बिहान देखि राती सम्म अध्यक्ष मेहतासहित वडा अध्यक्ष र पार्टीका नेता तथा कार्यकर्ताहरुले गाउँ गाउँमा घुमी भोट मंगी रहेका छन् । अध्यक्ष मेहता सहितको टोलीले बिहान देखी गाउँपालिकाको मधुबनी र सुर्जहामा घरदैलो गरिरहेका छन् ।
अध्यक्ष मेहता र उपाध्यक्षसहित पुरै वडा अध्यक्ष नेपाली कांग्रेस जिते पनि अहिले सम्म पालिकाको लागि अध्यक्ष मेहताले केही उदाहरणीय काम गर्न सकेका छैनन ।
स्थानिय सरकार समाली रहेका अध्यक्ष मेहताले पालिका समस्या भन्दा बढी मसिर ४ गते हुने निर्वाचनमा होमिएका छन् । गाउँपालिका अन्तरगत रहेको मधुबनी गाउँको मुख्य सडक खराब हुँदा मधुबनी बासिन्दाहरूले पटक पटक उहाँलाई जानकारी गराउँदा पनि वास्ता गरेका छैनन ।
यस्ता थुप्रै समस्याबाट मुक्ति पाउनका लागि विकल स्वरूप गाउँपालिका बासीले आफ्नो मत दिई उहाँलाई विजयी गराएको थियो तर जनताले भोगेको पीडा पनि उहाँले नबुझी कार्यकर्ता पालन पोषण मै मात्र लागेको स्थानीय बासीहरुको आरोप छ ।
फेरि गाउँपालिका बासीलाई झुक्याई मंसिर ४ गते हुने निर्वाचनमा नेपाली कांग्रेसलाई नै विजयी गराउनु विकाश हुन्छ भने आश्वासन बाँडिरहेका छन् । तर गाउँपालिकाका बासिन्दाहरूले पुरै प्यानल विजयी गराई अध्यक्ष मेहताको कर्तुत हेरी सकेका छन् ।
अध्यक्ष मेहताले मंसिर ४ गते हुने निर्वाचनमा नेपाली कांग्रेसलाई नै भोट पाउनका लागि जति खर्च गरिरहेका छन् त्यसको आधी रकम जनताको समस्या समाधान लागि गरे भने धेरै समस्या समाधान हुने गाउँ बासीहरुको अनुमान छ तर उहाँले यसो गर्नुहुन्न किनकि उहाँलाई काम हैन् सत्ता प्यारो छ ।
अध्यक्ष मेहताले मंसिर ४ गते हुने निर्वाचनमा पर्सा – ३ मा नेपाली कांग्रेसबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार पूर्व मन्त्री सुरेन्द्र चौधरी र प्रदेश सभा सदस्य (ख) उम्मेदवार जनार्दन सिंह क्षेत्रीलाई जिताउन धेरै खर्च गरिरहेका छन् ।
अध्यक्ष मेहताले अहिले सम्म ४० लाख जति खर्च गरेको स्रोतको दाबी छ । अध्यक्ष मेहताले मंसिर ४ गते हुने निर्वाचनका लागि नेपाली कांग्रेसमा मत दिन भन्दै १६ लाख रुपैयाँ बराबरको साडी वितरण गरेका छन । त्यस्तै गाउँपालिका भरी सम्पूर्ण घरमा ८ लाख रुपैयाँ बराबरको लडु बनाई वितरण गराएका छन् ।
२ दिन अघि अध्यक्ष मेहताले पूर्व गृहमन्त्री विमेन्द्र निधिलाई आफ्नो गाउँमा विलाई धेरै तामझामका साथ चुनावी कार्यक्रम गरेका छन् । त्यो कार्यक्रममा अध्यक्ष मेहताले ठूला ठूला नेता तथा कार्यकर्ताहरुका लागि आफ्नो घरमा बाख्रा (खसी)का मासु र बास्मतीका चामल पकाएका थिए भने गाउँ बासीहरुका लागि कार्यक्रम स्थलमै कुखुराको मासु र मन्सुरी चामल पकाएका थिए ।
यो कार्यक्रममा पनि धेरै खर्च भएको छ । यस्ता यस्ता कार्यक्रमले नै प्रमाणित गर्दछ कि अध्यक्ष मेहतालाई काम भन्दा बढी सत्ता प्यारो छ । अध्यक्ष मेहताले जनताको मत लिई आफ्नो स्वार्थ पूर्तिमा लागेका छन् । उहाँले सोचें अनुसार नहुने गाउँ बासीहरु समेत सावधान भइसकेको पकाहा मैनपुरका बासिन्दाहरूको भनाई छ । एक चोटि धोखा खाएका छौ फेरि धोखा खाने वाला हामी छैनन् भने गाउँ बासीहरुको भनाइ छ ।