विश्व स्वास्थ्य संगठनले दक्षिण र दक्षिणपूर्वी एसियाका देशहरुमा कोरोना भाइरसको संक्रमण देखिन थालेको भन्दै सतर्क रहन आग्रह गरेको छ । विश्व स्वास्थ्य संगठन दक्षिणपूर्वी एसिया क्षेत्रका क्षेत्रीय निर्देशक क्षेत्रपाल सिंहले एक विज्ञप्ति जारी गर्दै सतर्कता अपनाउन आग्रह गरेका हुन् ।

पछिल्लो समयमा भारत, इन्डोनेसिया र थाइल्याण्डमा समेत कोराना भाइरसको संक्रमण बढ्दै गएपछि विश्व स्वास्थ्य संगठनले सतर्ककता अप्नाउन आग्रह गरेको हो । संगठनले दक्षिण एसियाली देशहरूलाई सतर्कता बढाउन र रोकथामका उपायहरू सुनिश्चित गर्न समेत आग्रह गरेको छ ।

दक्षिण एसिया र दक्षिणपूर्वी एशियामा पर्ने देशहरुमा नेपाल, बंगलादेश, भुटान, कोरिया, भारत, इन्डोनेसिया, माल्दिभ्स, म्यानमार, श्रीलंका, थाइल्यान्ड, र पूर्वी टिमोर पर्छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!