हिपमत डटकम

बुधबार, भाद्र १५, २०७९ || 4424  पटक पढिएको

आज गणेश चौथी । भगवान गणेशको विशेष पूजा आराधनासहित गणेश चौथी मनाइँदैछ । हरेक वर्ष भाद्र शुक्ल चतुर्दशी तिथिका दिनलाई गणेश चौथीको नाममा वैदिक सत्य सनातन हिन्दु धर्मावलम्बीहरुले मनाउने गर्छन् ।

आज देशभरका गणेश मन्दिरमा विशेष मेला लाग्छ । आज उपत्यकाका सूर्यविनायक, कार्यविनायक, चन्द्रविनायक,जलविनायकसहित कमलादी गणेशको मन्दिरमा विशेष पूजा सहित भक्तजनको भीड छ ।

गणेशलाई लड्डु चढाएर आफ्नो मनोकामना पूरा हुने विश्वास अनुसार अधिकांश गणेश मन्दिरमा भक्तजनहरू मोदक बोकेर पुगेका छन् । कुनैपनि धार्मिक कार्य शुरु गर्नुअघि गणेशको पूजा गर्दा सफल हुने जनविश्वास छ । आजैकै दिन गणेशको जन्म भएको शिव पुराणमा उल्लेख छ ।

हरितालिका तीजको भोलिपल्ट आज गणेश चौथी मनाउने गरिन्छ । हिजो व्रत बसेका महिलाहरुले आज विहानै गणेशको पूजा गरी दिनभर नाचगान र व्रत बस्ने गर्छन् । यस दिन कसैको हानी नोक्सानी पुर्याए त्यसको पाप नलाग्ने विश्वास गरिन्छ । भोलि ऋषि पञ्चमी पर्व मनाइएपछि तीज औपचारिक रुपमा समापन हुन्छ ।

गणेश चौथीको दिन नेवार समुदायले भने चथा पर्व मनाउँदैछन् । आज बेलुका चन्द्रमालाई पूजा गरेर यो पर्व मनाइने गरिन्छ । चन्द्रमालाई आज चोर देवताका रुपमा पूजा गरिन्छ । कमलको फूल, चथा फूल, फलफूल, अदुवाको बोट लगायत राखेर चन्द्रमाको पूजा गर्ने चलन छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!