हिपमत डटकम

शनिबार, पौष ०७, २०८० || 3996  पटक पढिएको

विराटनगर। गिरिजाप्रसाद कोइराला फाउण्डेशद्धारा प्रकाशित क्रान्ति पुरुष गिरिजाप्रसाद कोइराला नामक पुस्तकको विमोचन गरिएको छ । कानुन व्यवसायी डा मेदनीप्रसाद सेढाइले लेखेको सो पुस्तकमा नेपालको प्रजातान्त्रिक आन्दोलनमा कोइरालाले खेलेको अग्रणी भूमिकाबारे चर्चा गरिएको छ । पुस्तकका विषयमा प्राडा टुनराज भट्टराई र कोशी प्रदेशका पूर्व कानूनमन्त्री लिलाबल्लभ अधिकारीले टिप्पणी गरेका थिए ।

सो अवसरमा गिरिजाप्रसाद कोइराला विशेष सम्मानबाट पुस्तकका लेखक मेदनी प्रसाद सेढाइ, फाउण्डेशन कोशी प्रदेशका पूर्व अध्यक्ष शैलेन्द्र शिवाकोटी, फाउण्डेशन मोरङका पूर्व अध्यक्ष कौशल निरौला र विराटनगरस्थित पारस हस्पिटलका अध्यक्ष शफिउर रहमानलाई सम्मान गरिएको थियो। विराटनगर महानगरका मेयर नागेश कोइराला लगायतले पुस्तक विमोचन गर्नका साथै सम्मानित व्यक्तिहरुलाई प्रमाणपत्र तथा दोसल्ला ओढाएर शुभकामना प्रदान गरेका थिए ।

फाउण्डेशनका कोशी प्रदेशका अध्यक्ष राजेश गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस मोरङका सचिवद्वय मोदराज घिमिरे,ललित श्रेष्ठ, नेपाली कांग्रेस मोरङका पूर्व सचिव यदु विष्ट,रतुवामाई नगरपालिकाका पूर्व मेयर रविन राई , प्राडा जीवन ढकाल,प्राडा कृष्ण पोखरेल ,धनपालथान गाँउपालिकाका अध्यक्ष जिवछ कुमार गच्छदार , जहदा गाउपालिकाका अध्यक्ष जितेन्द्र प्रसाद साह,जसपा कोशी प्रदेश सचिव अनिलकुमार ठाकुरलगायतको उपस्थिती रहेको फाउण्डेशन कोशी प्रदेशका सचिव विरेन्द्र कुमार साहले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!