हिपमत डटकम

शुक्रबार, साउन १३, २०७९ || 776  पटक पढिएको

काठमाडौ। नेपाली कप्तान तथा लेग स्पिनर सन्दीप लामिछानेले जमैका तलाबाजबाट ’द सिक्स्टी’ क्रिकेट प्रतियोगिता खेल्ने भएका छन् ।

वेस्ट इन्डिज क्रिकेटले आयोजना गर्ने नयाँ प्रतियोगिताका लागि जमैकाले सन्दीपलाई टिममा राखेको छ ।

यस प्रतियोगिता ६० बलको हुनेछ । ३० बलको एक इनिङ रहने यस प्रतियोगिता ६ विकेटको हुनेछ । प्रतियोगिता अगस्ट २४ देखि २८ सम्म संचालन हुनेछ ।

प्रतियोगितामा पुरुषतर्फ ६ र महिलामा ३ टोलीको सहभागिता रहने छ ।

जमैकाले सन्दीपलाई क्यारेबियन प्रिमियर लिग सीपीएल टी–ट्वान्टी लिगका लागि अनुबन्ध गरेको थियो ।

तर सीपीएल आयोजना हुनु अघि आयोजना हुने द सिक्स्टीका लागि सन्दीपलाई जमैकाले टिममा राखेको हो ।

जमैकाले सीपीएलका लागि अनुबन्ध गरेको सन्दीपसहित पाँच विदेशी खेलाडीलाई नै यस प्रतियोगितामा खेलाउने छ ।

जमैकामा सन्दीपसँगै पाकिस्तानका मोहम्मद अमिर र इमाद वासिम रहेका छन् ।

अष्ट्रेलियाका क्रिस ग्रीन तथा दक्षिण अफ्रिकाका मिगाली पिटोरियस् रहेका छन् सीपीएल भने अगस्ट ३० बाट सुरु हुनेछ । दशौं संस्करणको प्रतियोगिता सेप्टेम्बर ३० सम्म चल्नेछ ।

प्रतियोगितामा ६ टोलीले प्रतिस्पर्धा गर्ने छन् । यसमा सीपीएलका नै ६ टोली खेल्ने छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!