काठमाडौं। कञ्चनपुर कि किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको आज चार वर्ष पुगेको छ ।

हत्याको चार बर्ष पुगेपनि अहिलेसम्म घटनामा सग्लनको पहिचान हुन सकेको छैन ।

कञ्चनपुरको भिमदत्त नगरपालिका–२ का यज्ञराज पन्त र दुर्गादेवी पन्तकी १३ वर्षीया छोरी निर्मलाको २०७५ साल साउन १० गते बलात्कारपछि हत्या भएको थियो ।

हत्यापछि प्रहरीले एक वर्ष लगाएर अनुसन्धान गरेपनि अहिलेसम्म कुनै परिणाम हात पार्न सकेको छैन ।

हत्याको छानविनका लागि आधादर्जन समिति बनेपनि त्यसले समेत परिणाम भने देखिएको छैन ।

प्रहरीले ५ सय २९ जनासम्म बयान लिइसकेको छ । तर निर्मलालाई बलात्कार गर्ने को थियो भन्ने अझै रहस्यमा छ ।

निर्मलालाई न्याय माग्दै भएको आन्दोलनमा भीमदत्त नगरपालिका–१८ शालघारीका शनि खुनाको मृत्यु समेत भएको थियो ।

घटनाको अनुसन्धानका लागि गृह मन्त्रालय, राष्ट्रिय मानव अधिकार आयोग, मानव अधिकार संगठन र प्रहरी प्रधान कार्यालयका तत्कालीन डीआइजी धिरु बस्न्यातको नेतृत्वमा पनि छुट्टाछुट्टै प्रतिवेदन तयार भएपनि ति कार्यान्वयनमा आउन सकेका छैनन् ।

प्रहरीले चार बर्षसम्म आधादर्जन टोली कञ्चनपुर पठाएपनि तिनले पनि अपराधी पहिचान गर्न सकेका छैनन् । अनुसन्धान प्रक्रिया लम्बिदा पीडित परिवारले न्याय पाउने आश समेत मारेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!