हिपमत डटकम

सोमबार, साउन ०९, २०७९ || 8447  पटक पढिएको

रौतहटको वृन्दावन नगरपालिका–६ स्थित सिसवामा साउन २ मा सन्जुकुमारी दास मृत भेटिइन् । विवाह गरेको २७ औं दिनमा संसारबाट बिदा भएकी २० वर्षीया सन्जुको घाँटीमा ‘डोब’ थियो ।

कटहरिया नगरपालिका–५ बस्ने रामचन्द्र दास तत्माले छोरीलाई वृन्दावन नगरपालिका वडा नम्बर–६ बस्ने चन्देश्वर दास तत्माको छोरासँग लगनगाँठो कसिदिएका थिए । तर, सो लगनगाँठो १ महिना पनि पुरा नहुँदै टुटेको छ ।
सन्जुको मृत्यु भएको रात घरमा १६ वर्षीया नन्द र ६० वर्षकी सासु मात्र थिए ।

श्रीमान, देवर र ससुरा हेटौंडामा रहेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । हेटौंडामा उनीहरुको कवाडी पसल छ । सन्जुका माइती पक्षले घरका सदस्यहरुको मिलेमतोमा घाँटी दाबेर हत्या गरिएको आरोप लगाएका छन् ।

काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टमपछि शव दाहसंस्कार गरिएको छ । पोष्टमार्टम रिपोर्ट आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी सुनिल मल्लले रातोपाटीलाई बताए । उनले भने–‘घटनाबारे विभिन्न कोणबाट अनुसन्धान गरिरहेका छौं ।’

साउन २ मा राति साँढे १० बजेदेखि १० बजेर ४५ मिनेटको बीचमा सन्जुको शंकास्पद मृत्यु भएको थियो । सन्जुले झुन्डिएर आत्महत्या गर्न खोजेपछि पासो आफुहरुले खुस्काएको सासु र नन्दले प्रहरीलाई बताएका छन् ।

सन्जुका दाई राम प्रवेशले नन्द र सासुको कुरा अस्वीकार गरेका छन् । दाइजो चुक्ता गर्न नसक्दा बहिनीको हत्या भएको सञ्जुका दाई रामप्रवेश दासले जिकिर गरेका छन् । रातोपाटीसँग कुरा गर्दै रामप्रवेशले भने– ‘२ लाख ५० हजार दाइजो रकम दिन बाँकी थियो त्यहि बारेमा बहिनीलाई तनाव दिएर हत्या गरिएको छ ।’

बिहेमा धेरै खर्च गरेको हुनाले खोजेर दाइजो रकम चुक्ता गर्छु भनेर आफुले ज्वाईंलाई भनेको बताउँछन् राम प्रवेश । रातोपाटीसँग उनले भने–‘ कतैबाट खोजेर दिन्छु भनेको थिएँ ।’ मृत्युअघि सञ्जुले आफुलाई फोन गरेको र छटपटाएर ‘दाई मलाई बचाउनु’ भन्ने आवाज आएको राम प्रवेशले दावी गरेका छन् । सन्जुको पोष्टमार्टम रिपोर्ट आउन बाँकी रहेको डिएसपी मल्लले बताए ।

पीडित पक्षले परिवारका सदस्यहरु विरुद्ध किटानी जाहेरी दिने तयारी गरेका छन् । घटनाबारे इलाका प्रहरी कार्यालय गरुडाले अनुसन्धान गरिरहेको छ ।

साभार -रातोपाटि

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!