काठमाडौ । सभामुख अग्निप्रसाद सापकोटाले कृषिप्रधान देशमा दुइ खर्वभन्दा बढिको खाद्यान्न आयात हुनु लज्जास्पद र चिन्ताजनक बिषय भएको बताएका छन । सोमबार काठमाडौमा घर एक उद्यमशिल सदस्य अभियानको शुभारम्भ गर्दै उनले कृषिप्रधान देशमा आन्तरिक उत्पादन बढाउनुपर्नेमा दुई खर्व ५० करोडको खाद्यान्न आयात हुनु लज्जास्पद र चिन्ताजनक भएको बताएका हुन ।
सभामुख सापकोटाले गुन्द्रुक, जनै लगाएत पछिल्लो समय खरानी समेत बिदेशबाट ल्याउनुपर्ने अवस्था अन्त्य गरेरै छाड्नुपर्ने धारणा राखे । उनले युवाहरुको आवाजलाई राष्ट्रले धेरै राम्रोसंग बुलन्द गरिरहेको र त्यसको संकेत काठमाडौ र धरानमा देखिन थालेको जिकिर गरे ।
सभामुख सापकोटा युवाहरुको भावनालाई बुझ्न नसके मुलुक अझै पछि पर्ने बताए । उनले युवाहरुलाई स्वदेशमा नै परिचालन गरि उत्पादन बृद्धिमा ध्यान दिनुपर्नेमा जोड दिए । नेपालका युवाहरु बिदेशका हरेक निकायमा रहेको भन्दै उनले विदेशमा नै परिचालन गर्दै मुलुकको आर्थिक बिकासमा ध्यान केन्द्रीत गर्नुपर्ने बताए । कार्यक्रममा बिभिन्न क्षेत्रमा योगदान गर्नेहरुलाई सम्मान गरिएको थियो ।