हिपमत डटकम

आइतबार, साउन ०८, २०७९ || 700  पटक पढिएको

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षक पदबाट राजीनामा दिएका पुबुदु दसानायकेले नेपाली टिमभित्र गुटबन्दी भएको खुलासा गरेका छन् ।

पुबुदुले क्रिक इन्फोसँगको अन्तर्वार्तामा नेपाली क्रिकेट टिम गुटबन्दीको अवस्थामा रहेको बताएका हुन् ।

नेपाली टिमभित्र धेरै साना समूह भएको बताउँदै पुबुदुले खेलाडीको सोच फरक भएको समेत उल्लेख गरेका छन् ।

उनले सन् २०११ मा आफू पहिलो पटक आउदा जस्तोको नेपाली टिम अहिले नभएको उनको भनाइ छ ।

विभिन्न समस्याका बावजुद नेपाली टिममा प्रतिभावान खेलाडी भएकाले नेपालको भविष्य राम्रो भएको उनको भनाइ छ ।

पुबुदु गत पुसमा दोस्रो कार्यकालको लागि प्रशिक्षक बनेर नेपाल आएका थिए । दसानायकेले गत बुधबार पदबाट राजीनामा घोषणा गरेका थिए ।

श्रीलंकाका पूर्व राष्ट्रिय खेलाडी पुबुदु क्यानडाका नागरिक हुन् । उनी क्यानडाको प्रशिक्षक बन्न लागेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!