हिपमत डटकम

शुक्रबार, साउन ०६, २०७९ || 2189  पटक पढिएको

काठमाडौं। आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकामा नयाँ प्रधानमन्त्रीले शपथ लिएका छन् ।

राष्ट्रपति रनिल विक्रमासिंघेले ६३ वर्षीय दिनेश गुणवर्देनालाई प्रधानमन्त्री नियुक्त गरेका छन् । उनले आजै पद तथा गोपनियताको शपथ लिएका हुन् ।

गुणवर्देनाले यसअघि विदेश मन्त्री र शिक्षा मन्त्रीको जिम्मेवारी सम्हालेका थिए । केही समयअघि राष्ट्रपति गोटवाया राजापाक्षेले उनलाई गृह मन्त्री नियुक्त गरेका थिए ।

गुणवर्देना श्रीलंकाको वामपन्थी पार्टी महाजन एकसाथ पेरामुनाका अध्यक्ष हुन् । उनको पार्टीका संसदमा २ जना सांसद छन् ।

दुई दिनअघि राष्ट्रपति बनेका विक्रमासिंघे पनि संसदमा आफ्नो पार्टीका एक्ला सांसद थिए ।

राजापाक्षे परिवार सत्ताबाट बाहिरिएर नयाँ व्यक्ति राष्ट्रपति र प्रधानमन्त्री बने पनि श्रीलंकामा प्रदर्शन रोकिएको छैन ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!