हिपमत डटकम

शुक्रबार, साउन ०६, २०७९ || 4376  पटक पढिएको

सुकुम्वासिहरुको पक्षमा नेपाल कम्युनिस्ट पार्टी कास्कि मियो झैँ उभिएको छ। कास्किको पोखरा महानगरपालिकाले महानगरको वडा नम्बर ३३दुइ पिप्लेमा रहेका २३ घर परिवारहरुको टहरा भत्काइ सम्वेदनाहिन र अमानवीय काम गरेको भन्दै नेपाल कम्युनिस्ट पार्टी कास्की सुकुम्वासिहरुको पक्षमा उभिएको हो ।

सोमबार नेकपा कास्कीका सेक्रेटरी काजि गुरुङले एक बिज्ञप्ति जारी गर्दै महानगरको निर्णय र कार्यको विरोध गरेका हुन ।

 

सेक्रेटरी काजिद्वारा जारी विज्ञप्तिमा भनिएको छ– ‘ पोखरा महानगरपालिकाको ३३ पिप्लेमा अवस्थित २३ घर रहेको सुकुम्बासी वस्तिमा वल प्रयोग गरि महिला तथा वालबालिकाहरुलाई दुर्ववहार गर्दै नागरिक प्रतिको सामान्य दायित्व र सम्वेदनालाई समेत भुली सुकुम्बासीहरुको टहरा भत्काएको घटना प्रती हामी घोर भत्सर्ना गर्दछौ।

भु(माफियाहरुले हजारौं रोपनी जमिन हडप्दा नदेख्ने, सार्वजनिक जग्गा निजि कम्पनीलाई भाडामा दिएकोमा मौन रहने र सुकुम्बासीको वैकल्पिक व्यवस्था नगरी राज्य आतंक मच्चाउनु शङ्कास्पद छ।

सम्मानपुर्वक वाच्न पाउने र आवासको अधिकार सुनिस्चित गरिने भनेर मौलिक अधिकारको रुपमा समेत उल्लेख भएको वेला यसप्रकारको घटना घट्नु गरिव नागरिक प्रतिको अक्षम्य अपराध हो।

सुकुम्बासीहरुको वैकल्पिक व्यवस्था गर्न र उनिहरुलाई पुनर्स्थापना गर्न सम्वन्धित पक्षको ध्यानाकर्षण गर्दछौ। साथै वुद्दिजिवी,पत्रकार,मानव अधिकार कर्मी र राजनितीक दलहरुलाइ सहयोग र सहकार्यका निम्ति अनुरोध गर्दछौ। भिडियो

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!