हिपमत डटकम

बिहिबार, आषाढ ३०, २०७९ || 4365  पटक पढिएको

काठमाडौं । गायक सुधन गैरे र गायिका मेलिना राईको युगल गायनमा समावेश ‘अम्रीका’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। यस गीतमा शब्द दिग्गज धौराली रहेको छ भने संगीत सुबाश भुषालको रहेको छ। गीतलाई पुस्कर सुनुवारले संगीत संयोजन गरेका हुन्।

प्रेमिल शैली यस गीतको म्युजिक भिडियोमा सरोज अधिकारी र आश्मा बिश्वकर्मा बीचको अन्स्क्रिन प्रेम र रोमान्स प्रस्तुत गरिएको छ। पवन सुस्लिङ्गले छायाँकन गरेको यस भिडियोलाई दिन्शन शाहले सम्पादन गरेका हुन्। गम्भीर बिस्टको कोरियोग्राफी रहेको यस भिडियोलाई गणेश शाहीको निर्देशनमा तयार पारिएको हो।

भिडियो गायक गैरेको युट्युव च्यानल ‘एसजी मेलोडी’ मार्फत सार्वजनिक भएको हो। गायक गैरे लामो समयदेखि अमेरिकामा बस्दै आएका छन्। यसअघि गायक गैरेको स्वरमा रहेको ‘उडी जाने जेट, ‘माया किन मोडियो, ‘सानी’ बोलको म्युजिक भिडियोहरु स्रोतामाझ लोकप्रिय छन्। डिभी परेर अमेरिका जाने सपना बोकेको प्रेमिल जोडीको रमाइलो कथामा आधारित यस म्युजिक भिडियो दर्शक स्रोतालाई मन पर्ने कुरामा निर्माण टिम आशावादी रहेको छ।

भिडियो लिंक:

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!