हिपमत डटकम

मंगलबार, आषाढ २१, २०७९ || 20989  पटक पढिएको

बिराटनगर । मोरङको जहदा गाउँपालिका १ स्थित बुद्धनगरमा रहेको जय किसान कृर्षी सहकारी संस्था लि. मा आबद्ध रहेका ३३ कृर्षकहरुलाई कृषि सामाग्री बितरण गरिएको छ ।

मंगलबार संस्थाको प्राङ्गणमा एक कार्यक्रमको आयोजना गरी कृर्षि पशु सहकारी संस्थाको सहकार्यमा व्यवसायिक पशुपालन कार्यक्रम अन्तरगर्त भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मोरङको सहयोगमा सो सामाग्री बितरण गरीएको हो ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मोरङको २५ लाखको सहयोग र जय किसान कृर्षी सहकारी संस्था लि.को ८ लाख ३५ हजारको लगानीमा जम्मा ३३ लाख ३५ हजारको समाग्री बितरण गरीको हो ।

समाग्रीमा मोटर सहितको च्याफटर २५ थान, दाना बनाउने मेशिन ८ थान कृर्षकलाई बितरण गरेका छन् । त्यसै गर अन्य समाग्रीमा भैसीको लागि गोठ मर्मत सम्भार सुधार समाग्री १४ थान, क्रिम सेपरेटर मेशिन १ थान, मिल्क एनालाइजर तथा कम्पयुटर प्रिन्टर १ थान र प्रयोगशालाको समाग्रीहरु रहेका संस्थाका ब्यवस्थापक बुद्धदेब यादवले बताए ।

सामाग्री बितरण कार्यक्रमको प्रमुख अथिती जहदा गाउँपालिकाका अध्यक्ष जितेन्द्र प्रसाद शाहले कार्यक्रम बोल्दै संस्थाले गरेको कार्यलाई कृर्षकहरुका लागि अत्यन्त लाभदायक भएको र गा.पा. ले समेत यस्ता कार्य गर्नमा अगाडी बढी सकेको बताए ।

कार्यक्रममा बिशिष्ठ अथिती भेटेरिनरी अस्पतालका अधिकृत बडेलाल यादव, जहदा वडा नम्बर १ का वडा अध्यक्ष बाबुराम राजबशीं, मिन प्रसाद सुबेदी रहेको थियो भने अथितीमा राजेन्द्र प्रसाद मणडल, पंकज कुमार साह, सरिता देबी सरवरीया, राज कपुर यादव,शम्भु यादव लगायत कृर्षक, स्थानीयहरुको ब्यापक उपस्थिती रहेको थियो ।

कार्यक्रम य किसान कृर्षी सहकारी संस्थाका अध्यक्ष अनिल कुमार यादवको अध्यक्षतामा सम्पन्न भएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!