इशिका नेपाल

आइतबार, आषाढ ०५, २०७९ || 9920  पटक पढिएको

बिराटनगर। ११ वर्ष अघि मेल भर्सनमा सार्वजनिक भएर दर्शक स्रोता माझ लोकप्रिय भैसकेको ‘मेरो बोली सुन्दा’ बोलको म्युजिक भिडियो फिमेल भर्सनमा सार्वजनिक भएको छ।

युवा पुस्तामा सम्भावना बोकेकी गायिका सुजाता केसीको सुमधुर स्वर यस गीतमा सुन्न सकिन्छ। मुनाल शिशिर कोइरालाको शब्द रहेको यस गीतमा नरहरि प्रेमीको संगीत रहेको छ। गीतलाई उदय राज पौडेलले संगीत संयोजन गरेका हुन्।

म्युजिक भिडियोमा दिक्पाल कार्की, रोशनी कार्की र इष्टु कार्की बिचको त्रिकोणात्मक प्रेमकथा प्रस्तुत गरिएको छ। सुजन श्रेष्ठले छायाँकन गरेको भिडियोलाई दिन्सन शाहले सम्पादन गरेका हुन्।

मुनाल शिशिर कोइरालाको निर्देशनमा भिडियो तयार पारिएको हो। भिडियो गायिका केसीको आधिकारिक च्यानल ‘सुजाता केसी’ मार्फत सार्वजनिक भएको हो। यसअघि गायिका केसीको स्वरमा समावेश ‘बतास बनी’, ‘जाल बुन्यो माकुराले’, ‘कुरा सिधा छ’ लगायत थुप्रै गीतहरु सार्वजनिक भैसकेका छन्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!