भि–२२ ओस्प्रे (सैनिक) विमान दक्षिणी क्यालिफोर्नियामा दुर्घटनाग्रस्त भएको मरिन कोर्प्सका प्रवक्ताले स्पुतनिकलाई बताएका छन् । बुधबार भएको उक्त विमान दुर्घटनामा कुनै आणविक सामग्री भने नभएको बताइएको छ । प्रवक्ताका अनुसार दुर्घटनामा कुनै हताहतीको पुष्टि भने भएको छैन । यद्यपि स्थानीय समाचार माध्यमहरूले मरिन कोर्प्स विमानमा सवार कम्तीमा चार जनाको मृत्यु भएको बताएका छन्।

‘म ग्लेमिस क्यालिफोर्नियामा भि–२२ ओस्प्रे दुर्घटना भएको पुष्टि गर्न सक्छु । विमानमा कुनै आणविक सामग्री भने थिएन। हामीसँग कुनै थप जानकारी छैन’ प्रवक्ताले सो कुरा बताएको सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

क्यालिफोर्नियाको स्यान डिएगोबाट बाहिर रहेको तेस्रो मरिन एयरक्राफ्ट विङको एउटा विमान मेक्सिकोको सीमाबाट करिब ३० माइल उत्तरमा राजमार्ग ७८ र ग्लामिस शहर नजिकै दुर्घटनाग्रस्त भएको, नौसेना वायु सेवा सुविधा एल सेन्ट्रोले समेत आफ्नो फेसबुक पेजमा पुष्टि गरेको स्पुतनिकले जनाएको छ ।

घटनास्थलबाट प्रतिक्रियाकर्ताको रेडियो कलले सो विमानमा आणविक सामग्री भएको सङ्केत गरेको थियो तर मरिन कोर्प्सले पछि प्रतिक्रिया दिदै सो अनुमानलाई खारेज गरेको विज्ञप्तिमा जनाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!