हिपमत डटकम

बिहिबार, जेठ १२, २०७९ || 468  पटक पढिएको

सुनवर्षि। मोरंगको सुनवर्षि नगरपालिका वडा नम्बर २ कि ७० बर्षिय मान्ति देवी यादव बिगत १ बर्षदेखी पेटको ट्युमरका कारण समस्यामा छिन्। आर्थिक अवस्था कमजोर भएको र आफ्नो हेरचार गर्ने कोहि नभएको कारणले उपचार गराउन समस्या परेको मान्ती यादवले हिपमत डटकमलाई बताएकी छिन्। बिगत १ बर्षदेखी पेटमा मासु पलाएको छ, पहिले सानो थियो अहिले पेटको मासु बढेर ठुलो भयो कुनै पनि काम गर्न सक्दिन, हिडडुल गर्न समेत समस्या हुन्छ यादवले भाबुक हुदै भनिन्।

आफ्नो कुनै पनि जग्गा जमिन नभएको रतुवामाई -९ इटहरामा भाडाको घरमा बस्दै गरेकी यादव स्वास्थ्य हुदा ठेलामा चटपटे बेचेर आफ्नो जीविकोपार्जन गर्दै आएकी थिन् तर अहिले पेटको समस्याको कारणले गर्दा कुनै पनि काम गर्न नसकेको उनले बताईन। मेरो कोइ पनि सहारा छैन म जीवन मरणको दोधारमा छु। म बाच्न चाहन्छु मेरो जीवन बचाई दिन सम्पूर्ण देश बिदेशमा रहनु भएको नेपालीहरुसंग अनुरोध गर्दछु ।

 

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!