हिपमत डटकम

शनिबार, बैशाख १७, २०७९ || 493  पटक पढिएको

धरान। मतातिर्थ औँसीका अवसरमा सहिद लिलाप्रसाद पराजुलीकी आमा हरिमाया पराजुली सम्मानीत भएकी छन् ।

शनिबार सहिदकी आमा पराजुलीलाई वाम लोकतान्त्रिक गठबन्धन धरानका उम्मेदवारहरुले सम्मान गरेका हुन् । गठबन्धनका धरान प्रमुखका उम्मेदवार किशोर राई र उपप्रमुखका उम्मेदवार आइन्द्र विक्रम वेघाले सम्मान गरेका हुन् । स्थानीय तहको निर्वाचनको घरदैलो कार्यक्रममा सम्मान गरेका हुन् । सहिद पराजुली २३ वर्षको उमेरमा घरबाट बेपत्ता भएका थिए ।

२० वर्ष बितिसक्दा पनि छोरो घर नफर्किएको हरिमायाको भनाई छ । उनले भनिन् ‘जनयुद्धको समयमा साथीहरुसँग घरबाट निस्केको थियो, हालसम्म फर्किएन । अन्य साथीहरु घर फर्किए ।

’ उनले थपिन्, ‘पार्टीका मान्छेले छोरो सहिद भएको खबर दिए तर लास देख्न पाएनौं ।’ गठबन्धनका उपप्रमुखका उम्मेदवार आइन्द्र विक्रम वेघाले धरानका युवाहरुको साथ र वृद्धवृद्धा आमाबुबाहरुको आशिर्वादले मनोबल बढेको बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!