वीरगञ्ज, १७ वैशाख । वीरगञ्जका सोनार समाजले गठबन्धनका उम्मेदवारहरुलाई पूर्ण बहुमतका साथ जिताउन आह्वान गरेका छन् ।

शनिवार आयोजित छलफल तथा अन्तरक्रिया कार्यक्रममा उपस्थित सोनार समाजले गठबन्धनका उम्मेदवारलाई जिताउने उद्घोष गरेका हुन् । नेपाल सुन चाँदी व्यवसायी संघ पर्साका अध्यक्ष भुलन सर्राफ तथा स्थानीय व्यवसायी रामरतन सर्राफको संयुक्त आयोजनामा भएको कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत प्रमुख अतिथि रहेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै पर्सा क्षेत्र नम्बर १ का प्रतिनीधिसभा सदस्य प्रदीप यादवले वीरगञ्जका जनता अब विकासका लागि सचेत हुनुपर्नेमा जोड दिए । वीरगञ्जमा अहिले कुनै विकास नभएकोमा आक्रोश पोख्दै अब महानगरको बागडोर सम्हाल्ने व्यक्ति परिवर्तन भएपछि मात्रै वीरगञ्ज पनि परिवर्तन हुने बताए । बिकास र समृद्धिका सपना बाँडेर भ्रष्टाचार र कमिशनमा लिप्त भएका व्यक्ति फेरी भ्रष्टाचार गर्नका लागि पदमा आउन कसरत गरीरहेको हुँदा त्यस्ता व्यक्तिलाई तह लगाउनुपर्ने सांसद यादवको भनाई छ । शिक्षा, स्वास्थ्य जस्ता आधारभुत विषयमासमेत भ्रष्टाचार गरेको हुँदा अब सही व्यक्तिलाई नेतृत्वमा लिएर भ्रष्टाचारको भण्डाफोर गर्ने यादवले बताए ।

त्यसैगरी वीरगञ्ज महानगरपालिकाको मेयरका उम्मेदवार राजेशमान सिंहले निरन्तर जनताको माझमा भिजेको व्यक्तिले नै जनताको समस्यालाई बुझ्न सक्ने बताए । उनले भने, ‘वीरगञ्जको विकास र कायापलटका लागि यहाँका समस्याहरुसँग नजिकबाट परिचित व्यक्ति नै नेतृत्वमा पुग्नुपर्छ । यो निर्वाचनमा सबैले सोचेर मत दिनुहुनेछ भन्ने विश्वास छ ।’ त्यसैगरी उपमेयरका उम्मेदवार इम्तियाज आलमले विगतमा गरिएको गल्तीलाई अब सच्याउने बेला आएको बताए । रामरतन सर्राफको अगुवाईमा भएको कार्यक्रममा वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ का निवर्तमान वडाअध्यक्ष बैजु स्वर्णकारले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

गठबन्धनबाट मेयरका साझा उम्मेदवार राजेशमान सिंह र उपमेयरका इम्तियाज आलमलाई जिताउनका लागि गतिविधि बढाउने पनि सोनार समाजले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!