हिपमत डटकम

शनिबार, बैशाख १७, २०७९ || 471  पटक पढिएको

बिराटनगर। आसन्न स्थानिय तहको निवार्चनमा मोरगं जिल्लाको पथरीशनिचरे नगरपालिका वडा नम्बर ५ मा चेतेन्द्र खड्का (चेतनले) वडा अध्यक्षमा आफ्नो उम्मेदवारी दिएका छन् । सोही वडाका वडा सदस्य समेत रहेका युवा नेता खड्काले नेपाली कांग्रसको तर्फबाट उम्मेदवारी दिएका छन्।

२०७४ सालको स्थानिय तहको चुनावको बेलामा खड्का कांग्रसबाट वडा सदस्यमा जितेका थिए । उनले पछि कार्यवाहक अध्यक्षको रुपमा काम गरी सकेका छन् । खड्का वडा सदस्य भएका बेला जनताको हरेक दुख सुखमा साथ दिन्थे त्यसै कारण उनले वडा अध्यक्ष पदमा सहजै जित्ने स्थानीय अनिल बास्तोलाले हिपमत डटकमलाई बताए। उनले भने हाम्रो वडामा चेतन खडकाकालागि जना समर्थन बढ्दो क्रममा छ यस पटक खडकाको जित निश्चित छ उनले थपे।

बिकास समृद्धि र नयाँ सोच सहितको रुपान्तरणको निम्ति,शिक्षा स्वास्थ्य र रोजगारीको निम्ति,पथरीशनिचरे नगरपालिका वडा नम्बर ५ मुहान फेर्न कुरिती , विसंगति र भ्रष्टाचार जरै सँग उखेल्न,दलित, जनजाति र बिछोडीएको बर्गको नयाँ आशाको किरण हुन् चेतन खड्का स्थानिय गणेश दाहाले हिपमत डटकमलाई बताए।

म जनताको सेवा गर्न राजनीतिमा आएको हु मेरो कुनै ब्यक्तिगत स्वार्थले राजनीतिमा आएको होईन। देश र जनताको सेवा गर्ने रहर सानै उमेरदेखि थियो खडकाले बताए। सामाजिक कार्य गर्दै आफ्नो रहर पुरा गर्दै थिए पछि राजनीतिमा आए राजनीतिमा आउदा पनि दिनरात जनताको सेवामा नै खटेको छु र मेरो प्राण रहुन्जेल जनताको सेवामा नै खट्ने छु। पथारिशानिश्चारे -५मा जनताले अपेक्षा गरेको कार्यहरु कुनै पनि दलले नगरेपछि मैले उम्मेदवारी दिएको छु । केहि सुधार अवश्य गर्ने छु, यो मेरो प्रण हो खडकाले भाबुक हुदै हिपमत डटकमलाई बताए । वडा नम्बर ५ मा वडा सदस्यका उम्मेदवारहरु कर्ण बहादुर राजबंशी, खड्ग कुमार थापा सन्तोष, सुष्मा दर्जि, ईन्दा थापा अधिकारी रहेका छन् । उहाहरुले पनि आ -आफ्नो स्थानबाट राम्रो कामहरु गर्नु भएको छ। स्थानिय जनताको साथ हामीलाई छ आशा छ यस पटक हामीलाई काम गर्ने अवसर दिनु हुने छ खडकाले भने।

म यस वडामा निर्वाचित भएर आएपछि सुरुमा यस वडाभित्र रहेको सम्पुर्ण सामुदायिक बिधालयहरुको गुणस्तर बढाउने कामहरु गर्छु । यस वडाका जेहेन्दार बिद्यार्थीहरुलाई उच्च शिक्षा हासिल गर्नकोलागि वडाको तर्फबाट मद्दत गर्छु । युवा साथिहरुकोलागि आईडिया बैकको स्थापना गर्दै युवा साथिहरुलाई स्वरोगजार बनाउन हरेक प्रकारको कार्यक्रमहरु यस वडामा गर्छु । यसै वडामा युवाहरुलाई सरकारि जागिरमा प्रवेश गराउनकोलागि लोकसेवाको कक्षाहरु निशुल्क रुपमा लिनकोलागि एउटा सेन्टर स्थापना गर्छु ।

यस वडाम भएको हरेक क्षेत्रको प्रतिभाहरु जस्तै गायक ,गीतकार ,खेलाडी मुर्तिकार लगायतका प्रतिभाहरुलाई अगाडि बढाउन आर्थिक साहायता तथा सहयोग तथा प्रोत्साहन गर्ने छु ।

यस वडामा रहनु भएका किसान आमाबुवा दाजुभाई दिदिबहिनीहरुलाई सस्तो दरमा बिउ बिजन उपलब्ध गराउने ,समयमा मल उपलब्ध गराउने छु साथै उन्नत तरिकाले खेति गर्नकोलागि बिभिन्न एक्सपटहरुलाई राखेर एउटा हेल्प सेन्टरको स्थापना गराउछु र बेला बेला तालिम प्रशिक्षण दिलाऊछु र कृषि क्षेत्रमा थप अनुदान दिएर किसानहरुलाई सहायता गर्छु ।

-यस वडामा रहनु भएका आमा दिदिहरुलाई सिप मुकल तालिमहरु दिएर उहाँहरुलाई स्वरोजगार बनाएर आत्मनिर्भर बनाउने योजनाहरु ल्याउने छु ।

-यस वडामा रहनु भएका वृद्ध आमाबुवाहरुकोलागि टोलटोलमा मिलन केन्द्रको स्थापना गर्ने छु । उहाँहरुको आत्मबल बढाउने खालाको कार्यक्रम उहाँहरुकै सल्लाहमा ल्याउने छु । उहाँहरुको वृद्ध भत्ता घर घरमा नै पुर्याईदिने ब्यवस्था गर्न वडामा एउटा हेल्प सेन्टर निर्माण गर्ने छु । साथै बर्षको दुई पटक उहाँहरुलाई सम्मानको कार्यक्रमहरु गर्ने छु ।

-यस वडामा बाटो पुल लगायतको भौतिक पुर्वाधार निर्माण गर्ने छु र प्रदेश एवम सघिय सरकारसंग आवस्यक रहेको भौतिक पुर्वाधार निर्माण गर्न पहल गर्ने छु ।

-यस वडामा रहेको हरेक धर्मको मठमन्दिर मस्जित निर्माण एवम निर्माण भएको संरचनाको संरक्षण गर्ने छु । सबैको आत्म सम्मान बढ्ने खालको काम गर्ने छु हरेक टोल टोलमा सुझाक पेटिका राख्ने छु र यस वडाको जनताको सुझाव सल्लाह अनुसार नै वडाको बार्षिक कार्य योजना निर्माण काम गर्ने छु ।

-यस वडामा रहनु भएका ब्यापारीहरुलाई संगठित गर्न ब्यापार संघको स्थापना गर्ने छु। खालि सनगतह्न बनाउने मात्र होईन ससक्त भएर उहाहरुको हितमा पनि विभिन्न कार्यक्रम ल्याउने छु।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!