हिपमत डटकम

शुक्रबार, बैशाख १६, २०७९ || 731  पटक पढिएको

काठमाडौं । शुक्रबारदेखि नयाँ नेपाली चलचित्र ‘मन्त्र’ देशव्यापी प्रदर्शनमा आएको छ । खिलबहादुर गुरुङ निर्देशित ‘मन्त्र’मा सौगात मल्ल, बुद्धि तामाङ र दीया पुनको मुख्य भूमिका रहेको छ ।

मनास्लु हिमाल आसपासको सुन्दर लोकेशनमा छायाँकन गरिएको चलचित्रले हिमाली प्रेमकथा प्रस्तुत गर्छ । केटी भगाएर (छोपेर) लैजाने त्यहाँको स्थानीय संस्कृतिलाई चलचित्रमा प्रस्तुत गरिएको छ । गत बुधबार राजधानीमा गरिएको ‘प्रिमियर’मा चलचित्रकर्मीबाट ‘मन्त्र’लाई उत्कृष्ट प्रतिक्रिया मिलेको थियो । छायाँकन, लोकेशन, ब्याकराउण्डस्कोर, कथावस्तुलाई चलचित्रकर्मीले खुलेर प्रशंसा गरेका थिए ।

चलचित्रमा नमिता तामाङ, पासाङ टी शेर्पा र वीरबहादुर लामा लगायतको पनि अभिनय रहेको छ । चलचित्रलाई आम दर्शकले रुचाउनेमा निर्माण टिम विश्वस्त देखिएको छ । परिक्षेद सेनको कथा रहेको चलचित्रमा साम्तेन भुटिया, सुनिल निउरे र सेन स्वयंको पटकथा रहेको छ । सुरेश कार्की, रविराज कार्की र सुभ श्रेष्ठ निर्माता रहेको चलचित्रको  कार्यकारी निर्माता देवेन्द्र मानन्धर हुन् ।

सञ्जय लामाको छायांकन रहेको चलचित्रमा मित्र डि.गुरुङको सम्पादन छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!